राजनीति

गभर्नरको राजीनामा माग गर्दै दाङमा मसाल जुलुस

By खबरहब

July 13, 2022

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै दाङमा राँके जुलुस निकालिएको छ ।

नेकपा एमालेको अर्थ तथा योजना विभागको कमिटीमा गभर्नर अधिकारी रहेको पाइएपछि उनको राजीनामा माग गर्दै अखिल नेपाल राष्ट्रिय स्ववियु विद्यार्थी (क्रान्तिकारी) दाङले विरोध प्रदर्शन गर्दै मसाल जुलुस निकालेको हो ।

एमालेले योजना विभागमा राष्ट्र बैंकका गभर्नरलाई राखेर पछि सुटुक्क नाम लुकाउन खोजिएको भन्दै उनीहरूले विरोध जनाएको बताएका छन् ।

प्रदर्शनमा उत्रेकाहरूले गभर्नर अधिकारी एमालेको संगठनमा हुनु आपत्तिजनक भएको भन्दै तत्काल राजीनामा दिन माग गरेका छन् ।

एमालेको योजना विभाग कमिटीमा गभर्नरको नाम आएपछि उनी चौतर्फी आलोलित बनेका छन् भने संसदमा पनि कुरा उठेको छ ।

यता गभर्नर अधिकारीले भने आफू उक्त समितिमा नभएको दाबी गरेका छन् ।