फाइल फोटो

ब्रेकिङ स्टोरी

‘एमालेलाई बहुमतबाट रोक्न गठबन्धनको हल्ला भइरहेको छ’

By खबरहब

August 13, 2022

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिँजाइरहेको बताएका छन् । लोकतान्त्रिक शेर्पा सघद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्रै चाहिने दाबी गरे ।

उनले नेकपा एमाले देश बनाउने सर्तमा मात्रै सरकारमा जाने पनि बताए । दशैँमा केटाकेटी रमाएजस्तो वा ल्होसारमा केटाकेटी खुसी भएजस्तो खुसी मनाउन मात्रै एमाले सरकारमा नजाने बताए ।