फोटो : सुरज ढकाल

आर्थिक

गोसाईकुण्डमा आन्तरिक पर्यटकको घुइँचो

By खबरहब

August 13, 2022

काठमाडौँ : जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाईकुण्डमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । काठमाडौँ लगायत देशका विभिन्न ठाउँबाट गोसाईकुण्ड पुगेका आन्तरिक पर्यटकले गर्दा भीडभाड बढेको हो ।

यतिबेला गोसाईकुण्ड परिसरमा आन्तरिक पर्यटक भरिभराउ छन् । यसपटक गोसाईकुण्डको भ्रमणमा केही पत्रकार, कर्मचारी तथा राजनीतिक दलका नेता समेत छन् । उनीहरु गोसाईकुण्ड पुगेर फर्किने क्रममा छन् ।

भरिभराउ पर्यटकका कारण गोसाईकुण्डका होटलमा बास बस्नै सकस भएको छ । धेरैजसो पाल टाँगेर रात कटाउन बाध्य भएका छन् । जनैपूर्णिमाको दिन गोसाईकुण्डको मेला भर्न केहीले हेलिकोप्टर चार्टड गरेर गोसाईकुण्ड पुगेका छन् ।