ब्रेकिङ स्टोरी

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नागरिकता विधेयकको विषयमा छलफल

By खबरहब

August 13, 2022

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवाले शनिबार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नागरिकता विधेयक, आगामी निर्वाचन तयारी लगायतका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले बताए ।

दुई साताअघि नै संसद्‌बाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैनन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित दलले सो विधेयक फिर्ता पठाउन माग गर्दै आएका छन् ।