फाइल फोटो

राजनीति

शेखर समूहले देउवासँग माग्यो ४० प्रतिशत सिट

By खबरहब

August 13, 2022

काठमाडौँ– नेपाली काँग्रेसका नेता शेखर कोइरालाको समूहले आगामी निर्वाचनमा पार्टीभित्र ४० प्रतिशत सिट माग गर्ने भएको छ ।

शनिबार बसेको शेखर पक्षको बैठकले पार्टी सभापति शेरबहादुर देउवासँग ४० प्रतिशत सिट माग गर्ने निर्णय गरेको हो । सभापतिबाट ८ महिनामा न्यायोचित निर्णय नभएकाले अस्तित्वको लडाइँ लड्नुपर्ने अवस्था सिर्जना भएको बैठकमा सहभागि एक नेताले बताए ।

‘ आठ महिना भयो अहिलेसम्म कुनै पनि निर्णय प्रक्रियामा प्रतिस्पर्धी समूहको एक जनालाई पनि सभापतिले समेट्नुभएको छैन। अब न्यायोचित निर्णय गर्नुहुन्न भने ४० प्रतिशत चाहियो, ४० प्लस चाहियो’ उनले भने ।

साथै शेखर समूले कम्तीमा ४० प्रतिशत नपाए अन्तरसङ्घर्ष गर्ने चेतावनी दिएको छ।