फाइल तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट गत महिना ७३ हजार विस्थापित

By खबरहब

September 13, 2022

काठमाडौँ- युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिना ७३ हजार भन्दा बढी मानिस विस्थापित भएका युक्रेनी अधिकारीले जनाएका छन् ।

युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रको पुनर्मिलन मन्त्रालयले दिएको जानकारीअनुसार मुलुकको पूर्वी एवम् दक्षिणी क्षेत्रबाट गत महिनामात्र ७३ हजार मानिसहरु विस्थापित भएका हुन् ।

पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब १६ हजार नागरिकहरु विस्थापित भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसका साथै दक्षिणी युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रका रुस नियन्त्रित क्षेत्रबाट ५० हजार मानिसलाई युक्रेन नियन्त्रित क्षेत्रमा सारिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले अनिवार्य निकासीलाई अन्य द्वन्द्वग्रस्त क्षेत्रहरूमा विस्तार गर्न सकिने बताएकी छिन् ।