फाइल फोटो

मुख्य समाचार

सहकारीलाई पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन काठमाडौँ महानगरको निर्देशन

By खबरहब

September 13, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरूलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिले अत्यन्त जरुरी सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९भित्र साधारण सभा सक्न र यसको १५ दिनभित्र प्रतिवेदन पारित गरेर महानगरमा बुझाउन निर्देशन दिएको हो ।

सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न पनि सहकारीलाई महानगरले निर्देशन दिएको छ ।