ब्रेकिङ स्टोरी

प्रधानमन्त्री देउवा र अध्यक्ष लीबीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता

By खबरहब

September 13, 2022

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुबीच शिष्टाचार भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि देखि शिष्टाचार भेटवार्ता सुरु भएको हो ।

सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए ।

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि आजै अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरेका थिए