तस्बिर : बीबीसी

अन्तर्राष्ट्रिय

अमेरिकामा मंकीपक्स संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु

By खबरहब

September 13, 2022

काठमाडौँ- अमेरिकामा मंकीपक्स संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । मंकीपक्स संक्रमणबाट एक जनाको मृत्यु भएको क्यालिफोर्निया राज्यको लस एन्जलस काउन्टी जनस्वास्थ्य विभागले पुष्टि गरेको छ ।

पीडितको मृत्यु मंकीपक्स संक्रमणबाट भएको अमेरिकी रोग नियन्त्रण तथा उन्मुलन केन्द्रले पनि पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विरामीलाई अस्पतालमा उपचार गरिएको भएपनि उनको प्रतिरोध क्षमता कमजोर रहेको जनाइएको छ ।

उनको मृत्युबारे अन्य कुनै जानकारी सार्वजनिक नगरिने अधिकारीहरूले जनाएका छन । लस एन्जलस काउन्टी अफ पब्लिक हेल्थ विभागले पोस्टमार्टम रिपोर्टबाट मृत्युको पुष्टि भएको जनाएको छ ।

अमेरिकामा मंकीपक्सका कारण कसैको मृत्यु भएको यो पहिलो घटना रहेको अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणले जनाएको छ ।

यो वर्ष अमेरिकामा सम्भावित र पुष्टि भएकासहित लगभग २२ हजार मंकीपक्सका घटनाहरू रेकर्ड भएका छन् ।