समाचार

मेची राजमार्गको फिदिम-काबेली खण्ड सञ्चालनमा

By खबरहब

September 13, 2022

पाँचथर– वर्षापछि गए राति पहिरो झर्दा अवरुद्ध बनेको मेची राजमार्गको फिदिम-काबेली खण्ड सञ्चालनमा आएको छ ।

अन्यत्र पहिरो नगए पनि सडकभन्दा करिब ३० मिटर माथिबाट ढुङ्गासहितको पहिरो खस्दा काबेली नदी छेउमै मेची राजमार्ग अवरुद्ध बनेको थियो । स्थानीयवासीसमेतको सहयोगमा पहिरो पन्छाई प्रहरीले सडक खुलाएको हो । सडक एकतर्फी खुला भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

वर्षापछि पहिरो झर्दा सडक आज बिहानदेखि अवरुद्ध बनेको थियो । सडक सुचारु नहुँदा यात्रुलाई दुईतर्फ रहेका सवारीका साधनले गन्तव्यतर्फ पुर्‍याएका थिए ।