तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

‘तलिबानले महिला विद्यार्थीलाई अध्ययनका लागि विदेश जान समेत दिँदैन’

By खबरहब

September 13, 2022

काठमाडौँ– अफागानिस्तानमा शासन चलाइरहेको तालिबानले अध्ययनका लागि विदेश जान चाहने महिला विद्यार्थीलाई अनुमति नदिने गरेको पाइएको छ ।

रुसी समाचार संस्था स्पुत्निकका अनुसार अध्ययनका लागि कतार, कजाखस्तानजस्ता मुलुक जान चाहने महिला विद्यार्थीलाई तालिबानले अनुमति दिन अस्वीकार गरेको हो ।

यद्यपि विदेश जान चाहने पुरुष विद्यार्थीले भने तालिबानबाट यस्तो अनुमति पाउने गरेका छन् ।

यसबाहेक तालिबानले अफगानिस्तानभित्रै पनि महिलाहरुलाई अध्ययनबाट बञ्चित गर्दै आएको छ । मुलुकका विद्यालयहरुमा महिला र पुरुषलाई बेग्लाबेग्लै राखेर पढाई हुँदै आएको छ भने छात्राहरुलाई ६ कक्षाभन्दा माथि अध्ययन गर्ने अनुमति छैन ।

यतिमात्रै नभई तालिबानको शासनकालमा महिला अधिकार कटौती भएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले समेत चर्को आलोचना गर्दै आएका छन् ।