क्रिकेट

विश्वकप खेल्ने नामिबियाको टोली घोषणा

By खबरहब

September 13, 2022

काठमाडौं – नामिबियाले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी– ट्वान्टी विश्वकप क्रिकेट खेल्ने टोलीको घोषण गरेको छ । नामिबियाले गेर्हार्ड इरास्मसको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

नामिबिया अघिल्लो संस्करणको विश्वकपमा ऐतिहासिक रुपमा सुपर १२ पुगेको थियो । टी–ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।नामिबियाले नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।