फाइल तस्वीर

देश/प्रदेश

मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

By खबरहब

October 13, 2022

 

कास्की – गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेश गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोलाले प्रदेश प्रमुखको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

प्रतिवेदन प्रस्तुत गर्दै मुख्य न्यायाधिवक्ता बास्तोलाले संवैधानिक व्यवस्था अनुरुप प्राप्त जिम्मेवारीअनुसार कार्यालयले आफ्ना कार्य सम्पादन गर्दै आएको बताए । मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रदेश सरकारको प्रतिनिधि भई प्रतिरक्षा गरिएका मुद्दा, लिखित रुपमा राय माग भई आएका विषय, राय सुझावसहित पठाइएका नीति, ऐन नियम आदि विषय प्रतिवेदनमा समेटिएको उहाँले जानकारी गराए ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख गुरुङले प्रदेश सरकारको कानुनी सल्लाहकारका रुपमा मुख्य न्यायाधिवक्ताको कार्यालय रहेको बताए । नेपाली जनताले आफ्ना लागि आर्जेको संविधानको सफल कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए ।