ब्रेकिङ स्टोरी

चुनावपछि प्रधानमन्त्री बन्ने गगन थापाको ‘रोडम्याप’

By सुनिता भूल

November 13, 2022

काठमाडौँ – गगन थापा नेपाली युवापूस्ताकै लोकप्रिय नेता मानिन्छन् । विद्यार्थी राजनीतिदेखि नै सबैभन्दा बढी चर्चा र सफलतामा रहेका उनी संसदीय राजनीतिमा छिरेदेखि भाषणकलाबाट झन् लोकप्रिय बने । पूर्व विद्यार्थी नेता, पूर्व कार्यक्रम प्रस्तोताका हिसाबले पनि गगन थापा भाषणकलाबाट चर्चित बनेका हुन् ।

नेपाली मिडियामा सुरुदेखि राम्रो ‘कभरेज’ पाएका गगन थापा यसपटक पनि प्रतिनिधिसभाका उम्मेद्वार छन् । काठमाडौँ क्षेत्र नं. ४ उनको सुरुदेखिको चुनावी क्षेत्र हो । जहाँ उनले विजय हासिल गर्दै आएका छन् । यसपटक पनि उनले जित्नेमा शंका छैन ।

यसपटकको चुनावमा गगनले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका छन् । उनको पार्टी नेपाली कांग्रेसले केही बोलेको छैन । उनी भावी प्रधानमन्त्री बन्छन् या बन्दैनन् । त्यो गगनको इच्छा र राजनीतिमा भर पर्छ ।

यद्यपी गगनले अहिलेसम्म हात हालेका क्षेत्रमा सफलता नै धेरै पाएका छन् । उनले चाहेका कुरामा उनले प्राप्त गरेका छन् । लक्ष्य र उद्धेश्य पूरा गर्नमा गगन माहिर छन् । ठीक त्यसैगरि यतिबेला गगन विभिन्न सञ्चारमाध्यममा चुनाव जितेपछि प्रधानमन्त्री बन्छु वा दाबी गर्छु भनेर अन्तर्वार्ता दिइरहेका छन् ।

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगनलाई कांग्रेसभित्रका धेरै युवा नेताहरुको साथ छ । त्यसबाहेक अरु पार्टीका युवा नेता र आम युवा पंक्तिको ठूलो सहानुभूति छ । त्यति मात्रै होइन, बुढापाका नेताहरुबाट वाक्क दिक्क भएका युवाहरु पनि गगन नै अबको प्रधानमन्त्री बनून भन्ने चाहना छ ।

त्यो भावना बुझेका गगनले यतिबेला आफूलाई सुझबुझ तरिकाले भावी प्रधानमन्त्रीको रुपमा अघि सारिरहेका छन् । यसले गगन थापा चुनावपछि स्वतः पनि प्रधानमन्त्री बन्ने दाउमा छन् । यो भनेको गगनको भोलिका लागि पनि सहजै प्रधानमन्त्री सपना पूरा हुने अवस्था होइन ।

यसका लागि उनले संसदीय दलको चुनाव लड्ने उद्घोष गरेका छन् । लोकप्रिय मत ल्याएर महामन्त्रीको चुनाव जितेका गगनले संसदीय दलको चुनाव आफूले जित्ने र त्यसले प्रधानमन्त्री बन्ने बाटो खोल्ने अनुमान गरिरहेका छन् । यो कांग्रेसका लागि सहज बाटो नहोला ।

उनले समय आएको बेला त्यसलाई सार्वजनिक गरेर आफू प्रधानमन्त्री बनेपछि गर्न सक्ने सबै विकासको पूरा खाका लिएर बसेका छन् । यसले गगनलाई चुनाव जित्न त सजिलो बनाएको छ भनै भावी प्रधानमन्त्रीका लागि संसदीय दलको चुनाव जित्नैपर्ने दबाब पनि औल्याएको छ ।

तर धेरै युवा पूस्ताको माग र आवश्यकता बनेका बेला गगन संसदीय दलको चुनाव जित्न सक्षम देखिएका युवा नेता हुन् । पछिल्लो समय गगनलाई कांग्रेसकै धेरै नेता कार्यकर्ताले रुचाएका छन् । उनका कारण पार्टीमा आकर्षण बढेको छ । उनले धेरै नेता कार्यकर्ताको आश र भरोसा राखेका छन् ।

यसले गर्दा पनि गगनले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्नु अनौठो होइन । चुनावमा बुढा नेताहरुलाई लक्षित गर्दै ‘नो नट अगेन’ अभियान चलेका बेला गगन थापाले आफूलाई युवा पुस्ताको समर्थन र साथ रहेको देखाउन पनि प्रधानमन्त्रीको दाबी गरिरहेका छन् ।

यसका लागि उनले महिनौँ घरमै विज्ञहरुको सचिवालय बनाएर सरकार चलाउने वर्कशप गरेका छन् । सरकारको नेतृत्व गर्दा कसरी विकासका काम गर्ने भनेर विस्तृत योजना बनाएर बसेका छन् । यो गगनको प्रधानमन्त्री बन्ने ‘रोडम्याप’ पनि हो ।

जुन अहिले सार्वजनिक गरिएको छैन । तर उनले समय आएको बेला त्यसलाई सार्वजनिक गरेर आफू प्रधानमन्त्री बनेपछि गर्न सक्ने सबै विकासको पूरा खाका लिएर बसेका छन् । यसले गगनलाई चुनाव जित्न त सजिलो बनाएको छ भनै भावी प्रधानमन्त्रीका लागि संसदीय दलको चुनाव जित्नैपर्ने दबाब पनि औल्याएको छ ।

चुनावपछि फेरि प्रधानमन्त्री बन्ने दाउमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले गगनका लागि सहजै बाटो खोल्नेमा धेरै शंका छ । शंका र आशंकाको बीचमा गगनले आफूले कोरेको सपना पूरा गर्न अनेकौ प्रयास गर्न सक्छन् । जुन आम नेपालीको आवश्यकतासमेत हो ।