प्रतिकात्मक तस्वीर- आरटिङ्ग्स

आर्थिक

तीन महिनामा ५८ करोडको टेलिभिजन र पौने ३० करोडको क्यामरा भित्रिए

By खबरहब

November 13, 2022

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा ५८ करोड रुपैयाँभन्दा बढीको टेलिभिजन सेट भित्रिएको छ ।

सोही अवधिमा पौने ३० करोड रुपैयाँको विभिन्न प्रकारका क्यामेरा पनि नेपाल भित्रिएको छ ।

२०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको टेलिभिजन सेट र क्यामेरा नेपाल भित्रिएका हुन् ।

भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा ५८ करोड ३ लाख ४३ हजार रुपैयाँको ३३ हजार ८२२ वटा टेलिभिजन सेट नेपालले आयात गरेको छ ।

सोही समयमा २९ करोड ७९ लाख ८७ हजार रुपैयाँको ८९ हजार २११ वटा विभिन्न प्रकारका क्यामेरा नेपाल भित्रिएको विभागले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ८९ करोड ९ लाख ३२ हजार रुपैयाँको १ लाख ९३ हजार ५८ वटा टेलिभिजन सेट र ४७ करोड २८ लाख १५ हजार रुपैयाँको ७८ हजार ४९९ वटा विभिन्न प्रकारका क्यामेरा आयात गरेको थियो ।