नेकपा (एमाले) अध्यक्ष केपी ओली । फाइल तस्बिर

राजनीति

कर्णालीलाई सुगम बनाउनु छ : अध्यक्ष ओली

By खबरहब

November 13, 2022

मान्म- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटतालाई सुगम बनाउनु पर्ने बताएका छन् ।

एमालेले कालिकोटको रास्कोटमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

“सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ”, उनले भने, “यसलाई सुगम गर्न जरुरी छ । सुगम बनाउन सजिलो पनि छैन ।” उनले कर्णालीका विकासको खाका आफ्नो पार्टीले कोरेको बताए ।

“हामीले देश विकासका लागि सुरुङ बनाउन, स्वास्थ्य क्षेत्रमा विकास, पूर्वाधार क्षेत्रमा विकासको सुरुवात गरेका छौँ”, उनले भने, “यी डाँडाकाँडाहरूमा सधैँ रोजगारी पाउने र आम्दानीको स्रोत बढाउने गरी विकास गर्न आवश्यक छ ।” अब केही दिनपछि चुनाव आउँदै छ भन्दै अध्यक्ष ओलीले निर्वाचनले यो देश कता जाने भन्नेबारे फैसला गर्ने बताए ।“यो देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान माथि उठाउने र स्वाधीन बनाउने मौका आएको छ”, उनले भने ।