खेलकुद

अक्जिरविरुद्ध पिएसजीको सानदार जित

By खबरहब

November 13, 2022

काठमाडाैँ – फ्रेन्च लिग वान अन्तरगत आइतबार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा पिएसजीले अक्जिरमाथि ५–० को सानदार जित हात पारेको हो ।

पिएसजीको जितमा केलियन एमबाप्पे, कार्लोस सोलेर, अचरफ हाकिमी, रेनाटो सान्चेज र ह्युगो इटिकेले गोल गरे । पहिलो हाफमा एक गोल गरेको पिएसजीको दोस्रो हाफमा चार गोल थप्दै फराकिलो जित दर्ता गर्न सफल भयो ।

यस जितसँगै लिग वानमा अपराजित रहेको पिएसजीको १५ खेलबाट ४१ अंक पुगेको छ । पिएसजीले १३ जित र २ बराबरीको नतिजा निकालेको छ । पराजित अक्जिर १३ अंक जोडेर १७औं स्थानमा छ ।

विश्वकप अघि यो नै लिग वानको अन्तिम चरण हो ।