समाचार

विश्व इतिहासमा आज : सन्डे हुक इलिमेन्ट्री विद्यालयमा बन्दुक हमलादेखि दक्षिण ध्रुवमा पुग्ने सोभियतसम्म

By खबरहब

December 13, 2022

आज १४ डिसेम्बर– आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

सन्डे हुक इलिमेन्ट्री विद्यालयमा गोली हानाहान

सन् २०१२ मा अमेरिकाको कनेक्टिकटको न्युटाउनस्थित सन्डे हुक इलिमेन्ट्री विद्यालयमा गोली चलेको थियो । एडम लान्जा नाम गरेका व्यक्तिले गोली चलाउँदा २० बालबालिका र ६ बयस्कको मृत्यु भएको थियो ।

तान्जेनियाले पायो राष्ट्रसंघको सदस्यता सन् १९६१ मा तान्जेनिया औपचारिक रुपमा राष्ट्रसंघको सदस्य बनेको थियो । तांगनयिका र जनजिवर आर्किपेलागो मर्ज गरेर तान्जेनिया बनेको थियो । मर्ज हुनुअघि दुबै देश बेलायतको अधीनमा थिए ।

दक्षिण ध्रुवमा पुग्ने सोभियत सन् १९५८ मा सोभियत नागरिक दक्षिण ध्रुवमा पुगेका थिए । उनी दक्षिण ध्रुवमा पुग्ने पहिलो व्यक्ति हुन् । सन् १९५८ को १४ डिसेम्बरमा येभगेनी टोलस्टिकोभले नेतृत्व गरेको सोभियत युनियनको समूह दक्षिण ध्रुवमा पुगेको थियो । दक्षिणी ध्रुवको औसत तापक्रम माइनस ७३ डिग्री फरेनाइट छ ।

सोभियत युनियन लिग अफ नेसनबाट निस्कासन सन् १९३९ मा सोभियत युनियन लिग अफ नेसनबाट निस्कासन भएको थियो । फिनल्यान्डबारे अनावश्यक माग गरेपछि सोभियत युनियनलाई लीग अफ नेसनबाट निस्कासन गरिएको थियो ।