मनोरञ्जन

लोकदोहोरी प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा जिसी चयन 

By खबरहब

December 13, 2022

अर्घाखाँची– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको सातौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र जिसीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ । 

उपाध्यक्षमा तेजेन्द्र शमशेर पाण्डे, सागर परियार र वन्दना चौहान चयन भएका छन् ।  सचिवमा सन्तोष शर्मा, कोषाध्यक्षमा नारायण थापा, सहसचिवमा तिलका भुसाल र उपकोषाध्यक्षमा तेजबहादुर नेपाली रहेका छन् ।

सदस्यमा पूजा केसी, नवीन रसाइली, श्रीधर पन्थी, मानबहादुर बिक, बेगम पुन, ठाकुर गन्दर्भ, जीवन खड्का र शिव रञ्जन रहेका छन् ।