आर्थिक

सेयर बजार ओरालो

By खबरहब

December 13, 2022

काठमाडौँ- सेयर बजार मंगलबार ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २.५७ अंकले ओरालो लागि १८९९.७० विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६३ अंकले घटेर ३७१.३० विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ९० कम्पनीमा वृद्धि भएको र १०४ कम्पनीमा ओरालो लागेसँगै १२ कम्पनी स्थीर रहेको छ ।

यस्तै, कुल २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता सेयर खरिद बिक्री हुँदा ७७ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

सोमबार पनि सेयर बजार घटेको थियो । सोही दिन सेयर बजार ३१.९७ अंकले घटेको हो ।