फाइल तस्वीर

देश/प्रदेश

काठमाडौं उपत्यकाका मुख्य चोकमा सवारी चाप बढ्यो

By खबरहब

December 13, 2022

काठमाडौँ- काठमाडौं उपत्यकाका मुख्य चोकहरूमा सवारी चाप बढेको छ । त्रिपुरेश्वर, थापाथली, माइतीघर, सिंहदरबार, लैनचौर, पुतलीसडक, मित्रपार्क, ग्वार्को, सातदोबाटो लगायतका चोकमा सवारी चापका कारण केही समय रोकिनुपर्ने अवस्था रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै थली–साँखु सडक खण्ड भने मर्मत भइरहेकोले साँखुबाट थलीतर्फ आउने सबै प्रकारका सवारी साधनलाई डाइभर्सन गरिएको पनि प्रहरीले जनाएको छ ।

बौद्धबाट थली हुँदै साँखुतर्फ जाने दुई पाङ्ग्रे तथा साना चार पाङ्ग्रे सवारीसाधन नियमित सञ्चालन भइरहेका छन् ।