सांकेतिक तस्वीर ।

अपराध

जग्गा विवादमा कुटपिट गरी भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

By खबरहब

December 13, 2022

काठमाडौँ- सर्लाहीमा जग्गाको विषयमा विवाद हुँदा कुटपिट गरी भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् । सर्लाहीको चक्रघट्टा गाउँपालिका २ भेल्हीकी ७० वर्षीया सागर देवीको हत्या आरोपमा उनकै देवर ६५ वर्षीय पुकार रायलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जग्गा विवादमा आरोपित रायसहित उनका छोरा जितु भन्ने जितेन्द्र राय र बुहारी अनिता देवी रायसमेत मिलेर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको हो ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । घटनामा संलग्न जितेन्द्र र अनिताको फरार रहेकाले खोजीकार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।