फाइल तस्वीर

राजनीति

पर्याप्त छलफल नगरी संसदले कानून बनाउनु हुन्न : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

By खबरहब

December 13, 2022

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पर्याप्त छलफल नगरी संसदले कानून बनाउन नहुने बताएका छन् ।

कानूनी शासन केन्द्रले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले पर्याप्त छलफल नगरी संसदले कानून बनाउने गरेको भन्दै त्यसो गर्न नहुने बताए ।

उनले नियम निलम्वन गरेर महत्वपूर्ण विधेयकहरु बिना छलफल पारित हुने गरेको टिप्पणी गरे ।

श्रेष्ठले बिना छलफल कुनैपनि कानून बनाउन नहुने जोड दिए । उनले कुनैपनि विषयमा सांसदहरुले स्पष्ट धारणा राख्नुपर्ने बताए ।