ब्रेकिङ स्टोरी

काभ्रेको बेथानचोकमा बस दुर्घटना

By खबरहब

December 13, 2022

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ गणेशस्थानमा बस दुर्घटना भएको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका४ सल्ले फर्किदै गरेको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा केही यात्रु हताहत भएको प्रहरीले जनाएको छ । घाइतेलाई उद्दार गरि धुलिखेल अस्पताल पठाइएको छ । २० जना गम्भीर घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको