देश/प्रदेश

काभ्रे बस दुर्घटना : १७ जनाको मृत्यु, २२ जना घाइते (अपडेट)

By खबरहब

December 13, 2022

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ गणेशस्थानमा बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जनाको मृत्यु छ, भने कम्तीमा २२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घाइतेकाे  शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।

बेथानचोक– ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर दुर्घटना भएको हो । बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको प्रहरीले बताएको छ ।

बसमा सवार कति थिए भन्ने यकिन भएको छैन । नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार जारी राखेको छ ।