सांकेतिक तस्वीर

समाचार

युएईको जेलमा रहेका अमर बमको रिहाइको पहल गरिदिन आग्रह

By खबरहब

December 13, 2022

काठमाडौँ – ‘अमर बम फर्काऊ अभियान’ले २० वर्षदेखि युनाइटेड अरब इमिरेट्स (युएई)को जेलमा रहेका दार्चुलाका अमरबहादुर बमको रिहाइका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेको छ ।

आज यहाँ पत्रकार सम्मेलन गर्दै अभियानले रोजगारीको सिलसिलामा युएई पुगेका बम बिना कसुर जेलमा बस्नुपरेको जानकारी दिएको हो । विवाह गरेको एक महिनामै श्रीमती, बुबाआमालाई छाडेर धन कमाउने सपना बोकेर बम युएईको एक कम्पनीमा सवारी चालकका रूपमा पुगेका थिए । सोही क्रममा उन जेल परेका हुन् ।

उनी निर्दोष रहेको भन्दै विभिन्न प्रयास भए पनि सबै असफल भएको अभियानको गुनासो छ । अभियानले सरकारले पहल नगरेकाले बमलाई स्वदेश फर्काउन ढिलाइ भइरहेको टिप्पणी गरेको छ ।

कामको सिलसिलामा भारत पुगेको दार्चुलाका बमलाई भारतीय दुई नगारिकले जालझेलमा पारी युएई पु¥याएको अभियानले जनाएको छ । जेलमा रहेका अमरलाई स्वदेश फर्काउन पहल थालेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बताए । प्रसाईंले आफूले बमको रिहाइका लागि युएईका राजकुमारलाई पत्र लेखिसकेको पनि जानकारी दिए ।