फाइल तस्वीर

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा लगानी गर्न भारतलाई तालिबानको आग्रह

By खबरहब

December 13, 2022

काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले भारतसँग आफ्नो मुलुकमा लगानी गर्न आग्रह गरेको छ । राजधानी काबुलमा रहेको भारतीय प्राविधिक नियोगका अधिकारीसँगको भेटमा तालिबानका तर्फबाट यस्तो आग्रह गरिएको हो ।

भारतको आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएअनुसार तालिबानले भारतसमक्ष पूर्वाधारमा लगानी गर्न आग्रह गरेको छ । निजी क्षेत्रमा लगानी गर्न आग्रह गर्दै तालिबानले यसबाट मुलुकमा रोजगारी सिर्जना हुने र घरेलु अर्थतन्त्र अझ मजबुत हुने अपेक्षा गरेको बताइएको छ ।

भारतीय प्राविधिक नियोगका अधिकारीसँगको भेटमा तालिबानका प्रतिनिधिले सहरी र आवास क्षेत्रमा भारतीय व्यापारीको लगानीका लागि आफूहरु उत्सुक रहेको बताएका थिए ।