समाचार

आजको मौसम : देशभर आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

By खबरहब

January 14, 2022

काठमाडौँ – पश्चिमी वायूको सामान्य प्रभावले प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भइरहेको छ। त्यसैगरी पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु / कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान