काठमाडौँ– पागलपनका कारण धेरै हुन सक्छन् । निराशा, एक्लोपनाका साथै मानिसमा निहित व्यक्तिगत महत्त्वाकाङ्क्षा पनि पागलपनका कारण हुन सक्छन् ।
खासमा महत्त्वाकाङ्क्षा पुरा नभए पछि यसले ल्याउने निराशा नै पनि पागलपनको प्रमुख कारण बनेको छ ।
अहिलेको प्रतिस्पर्धात्मक र पूँजीवादी संयन्त्रमा चलेको संसारमा हरेक व्यक्ति वयस्क हुनेवित्तिकै भागदौडमा व्यस्त छन् । आर्थिक योजना बनाएर कुदाकुद गरिरहेकै समयमा आफ्नो शरीरलाई ख्याल राख्न यसरी बिर्सन्छन् कि यसले अनेक मानसिक र शारीरिक रोग त निम्त्याउँछ । साथै पागलपनको विकास पनि गरिरहेकै हुन्छ ।
यी सबै व्यस्त तालिकाबाट बाहिर निस्कँदै केही समय गरिने अभ्यासले हामीलाई तन्दुरुस्त त राख्न छ नै । नियमित रूपमा पसिना निस्कने गरी गरिने अभ्यासले हाम्रो शरीरलाई रोगी हुनबाट बचाउँछ ।
यसले शरीरका धेरै रोगहरूलाई नियन्त्रणमा राख्ने तथ्य विभिन्न अनुसन्धानहरूले देखाएका छन् ।
यस क्रममा विज्ञानले पछिल्लो समय नयाँ तथ्य पत्ता लगाएको छ । हामीले अभ्यास गरिरहँदा त्यस अभ्यासले मस्तिष्कमा रहेका प्रोटिनको तहलाई सक्रिय बनाएर राख्छ । यसै सक्रियताका कारण पागलपनको सम्भावनालाई केही समयका लागि टाढै राख्ने गर्छ ।
मस्तिष्कको प्लेटमा विभिन्न उल्झनहरू देखिएर बढेको अल्जाइमरको समस्यालाई समेत नियमित अभ्यासले कम गराउन सक्छ ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाका मेमोरी तथा एजाइन सेन्टरमा न्युरोलोजीका सहायक प्राध्यापक रहेका काइटलिन कासालेटोका अनुसार सङ्क्रमणका कारण स्नायु सेलहरूको समन्वयमा प्रभाव परिरहेको समयमा पनि अभ्यासका कारण सबै ग्रन्थीहरूमा नाटकीय परिवर्तन आउँछ । यसै परिवर्तनले स्नायु सेलहरू सक्रिय बनाइराख्छ ।
यसले अल्जाइमर लगायतका समस्यालाई टाढा राख्न सहयोग गर्छ । बढ्दो उमेरका कारण अल्जाइमरको समस्या भएकाहरू एउटा रुटिनमा रहेर अभ्यास गर्न अझ जरुरी रहने उनको मत छ ।
हामीले सोच्ने, सम्झने र हाम्रा सबै स्मरण नै ती स्नायु ग्रन्थिको एक आपसको समन्वयमा निर्भर रहेको उनी बताउँछिन् ।
सुरुवाती अध्ययन अनुसार नियमित अभ्यासका कारण पागलपनको जोखिमलाई ३० देखि ८० प्रतिसतले कम गर्न सकिन्छ । कासालेटोका अनुसार यसमा अझ थुप्रै रहस्य पत्ता लगाउन बाँकी नै छ ।
शुरुवाती अध्ययन अनुसार हामीले गर्ने अभ्यासको असर गर्ने पहिलो बाटो नै स्नायु ग्रन्थिसँग सम्बन्धित हुन्छ । उनले अब नियमित अभ्यास गर्न थप कारण र प्रभाव खोज्न आवश्यक नै नरहेको कुरामा जोड दिएकी छिन् ।
कासालेटोले हाम्रो क्षमता अभिवृद्धि गर्न, बुढेसकालमा हाम्रो मस्तिष्कलाई अझ बढी जिम्मेवार बनाउन तथा एकदम गतिशील हुनका लागि तन्दुरुस्त मस्तिष्क कसरी बनाउने भन्ने अध्ययनमा यो पछिल्लो तथ्य अझ भरपर्दो भएको बताएकी छिन् ।
स्नायु ग्रन्थि हुँदै प्रत्येक स्मरण एक न्युरोनबाट अर्को न्युरोनमा जाने गरेको हुन्छ । राम्रो काम गरी रहेको मस्तिष्कमा यो सबै विद्युतीय स्वरूपमा भइरहेको हुन्छ । यस कारण स्नायु ग्रन्थिलाई तन्दुरुस्त राख्नका लागि मस्तिष्कलाई प्रोटिन परिवर्तन भइरहन जरुरी हुन्छ ।
उनी भन्छिन्, स्नायु ग्रन्थिमा धेरै प्रोटिन हुन्छ । जसले सेलबाट अर्को सेलसँग समन्वय गराउँछ । स्नायु ग्रन्थिको सबै काम तन्दुरुस्त राख्नका लागि त्यहाँ प्रोटिन पनि सन्तुलित मात्रामा हुन आवश्यक छ ।’
स्वस्थ रहनका लागि मस्तिष्कले हाम्रा अन्य सबै अङ्गलाई समेत रिमोडलींग गर्न सक्छ । एक पटक मुसाको मस्तिष्कमा अभ्यासको असरको बारे पोस्टमार्टम नै गरेर हेरिएको थियो । यसलाई मानिसको हकमा के हुने ? भनेर दुरुस्त गरेर हेर्न भने अझै सकिएको छैन ।
शुक्रवार अल्जाइमर एसोसिएसनको जर्नल अल्जाइमर एन्ड डेमेन्सीयमा मानिसको मस्तिष्कको पनि अध्ययन गर्न सकिने कुरा उल्लेख गरिएको हो । सिकागो रोस विश्व विद्यालयमा रहेका अनुसन्धानकर्ताहरुले मस्तिष्क दान गरेकाहरूको मस्तिष्कको प्रोटिन तहको अध्ययन गरेर यो कुरा पत्ता लगाएका हुन् ।
उनीहरूले यसबाट ती व्यक्तिको स्मरणमा परेको प्रभावका बारे पनि अध्ययन गरेका थिए । कासालेटोले नै दिएको जानकारी अनुसार ती व्यक्तिको उमेर ७० देखि ८० वर्षको बिचको थियो ।
कासालेटोले एक व्यक्तिले सातामा १५० मिनेट अभ्यास गर्न जरुरी रहेको बताएकी छिन् । साथै उनले अभ्यासकै कारण संज्ञानात्मक समस्या पनि निराकरण हुने बताएकी छिन् ।
उनले यसअघि अल्जाइमर र पागलपनको लक्षण देखिइसकेका व्यक्ति पनि यो अभ्यासपछि सही ढङ्गले बाँच्न सक्ने जनाएकी छिन् ।
यसै अध्ययनले देखाए अनुसार मस्तिष्कको तन्तुमा रहेका स्नायु ग्रन्थिले अभ्यास पछि राम्रो सँग आफ्नो काम गर्न सक्छन् ।
अल्जाइमर एसोसिएसनका मेडिकल एन्ड साइन्टीफीक रिलेसनका उप प्रमुख हेदर स्नाइडर पनि यो अध्ययन पछि मानिसको उमेर जति भए पनि नियमित अभ्यास गर्नु उपयुक्त भएको प्रमाणित भएको बताउँछन् ।
‘हाम्रो नियमित दैनिकीमा अभ्यासका लागि निश्चित समय छुटाउनु अनिवार्य नै बनेको छ । उमेर पाका भएकाहरूले आफ्ना चिकित्सकसँग सल्लाह गरेर कुन अभ्यास उपयुक्त हुन्छ भनेर निश्चित गर्नु उपयुक्त हुन्छ,’ स्नाइडर भन्छन् ।
हाल अभ्यास गर्ने बानी नभएकाका लागि कसरी र कहाँबाट सुरु गर्ने भन्ने समस्या पनि हुन सक्छ । फिटनेस सेन्टरमा आबद्ध तथा फिटनेसका विज्ञ ठहरिएका डाना सान्टोस भने एकैपटक सबै अभ्यास शुरु गर्दा घाइते हुने सम्भावना व्यक्त गर्दै सामान्य चाल र श्वास प्रश्वासको अभ्यासबाट सुरुवात गर्न सल्लाह दिन्छन् ।
यसले मानिसको शरीर र मस्तिष्कलाई संयोजन गर्ने काम गर्छ । त्यस पछि बिस्तारै हिँड्ने र पछि यसको गति बढाउँदै लैजानु उपयुक्त हुन्छ।
‘हिँड्नका लागि उपयुक्त तालीका र स्थान तय भए पछि सुरुवाती दिनमा दैनिक १० मिनेटबाट हिँड्न सुरु गर्नु पर्छ । यस पछि बिस्तारै केही मिनेट थप गर्दै गएर दैनिक २५ देखि ३० मिनेट हिँड्नु उपयुक्त हुन्छ ।’
सान्टोस यसपछि अन्य चालका बारे जानकारी लिन र अभ्यासको मात्रा बढाउँदै लैजान सल्लाह दिन्छिन् । यी सबै अभ्यासको शुरुवातभन्दा पहिले नै हल्का नुहाउनु तथा ब्रस गर्न उपयुक्त हुनेछ । ‘गएका आठ वर्षदेखि म दाँत माझिसकेपछि ५० पटक शारीरिक पुस अप र दुई मिनेट वाल सिट गरिरहेकी छु ।,’ सान्टोसले भनेकी छिन् ।
उनको विचारमा अभ्यास बढाउँदै लैजाँदा २४ मिनेटको पहिलो अभ्यास पछि १० मिनेट उकालो उक्लने गर्नुपर्छ । दैनिक ३४ मिनेटको यो प्याकेज सबैका लागि आवश्यक भएको उनी बताउँछिन् । यो तालिका जिममा नगएरै पूरा गर्न सकिने तालिका हो । यसैलाई विश्व स्वास्थ्य सङ्गठनले समेत आफ्नो तालिकामा राखेको छ ।
त्यसो त यसभन्दा अगाडि अभ्यास र पागलपनका बारे धेरै अध्ययन भए । यी सबै अध्ययनले नियमित अभ्यास पागलपन हटाउनका लागि लाभदायक भएको पुष्टि भइसकेका छन् ।
सबैभन्दा आश्चर्य त अल्जाइमरसँग सम्बन्धित पागलपनको सही उपचार अहिलेसम्म पत्ता लागेकै छैन । यसका जोखिम कम गर्ने उपाय मात्र पत्ता लागेका छन् ।
केही वर्षअघि कोरियामा ६० हजार भन्दा बढीको माझमा हल्का र सामान्य अभ्यासले पागलपन या अल्जाइमरको जोखिम हटाउन सकिन्छ या सकिँदैन भन्ने बारेमा अध्ययन भएको थियो ।
कोरियाको नेसनल हेल्थ इन्सुरेन्स सर्भिसको डाटा अनुसार ती सामान्य अभ्यास गर्ने नियमित आदत भएका ६५ वर्षभन्दा माथिका ६२ हजार २८६ कसैमा पन यस किसिमको मानसिक समस्या देखिएको थिएन ।
यो अध्ययनमा संलग्नहरूले सन् २००९ को जनवरी देखि सन् २०१२ सम्मको डाटालाई एकत्रित गरेका थिए । यो अध्ययनमा समावेश गरिएकामा महिलाको सङ्ख्या ६०.४ प्रतिशत थियो भने औसत उमेर ७३.२ वर्ष थियो ।
सहभागी हरेकलाई ४२ महिना हेर्दा कसैलाई बुढेसकालमा देखिने गम्भीर पागलपनको विकास भएको पाइएको थिएन । ६ प्रतिशतमा भने सामान्य विकास भएको पाइएको थियो ।
यसपछि भएका थुप्रै अध्ययन र अन्वेषणले नियमित अभ्यास नै पागलपन र अल्जाइमर हटाउने सही उपाय भएको ठहर गरेका छन् ।
– एजेन्सीहरूको सहयोगमा