फाइल तस्बिर

राजनीति

निर्वाचन आयोगमा सर्वदलीय बैठक, आगामी निर्वाचनबारे छलफल

By खबरहब

January 14, 2022

काठमाडौँ– निर्वाचन आयोगमा सर्वदलीय बैठक शुरु भएको छ । बैठकमा केन्द्र, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दल सहभागी छन् ।

राजनीतिक दलहरुसँग परामर्श गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको थियो । स्थानीय चुनावबारे दलहरुसँग छलफल गर्न बोलाइएको आयोगले जनाएको छ । आजको बैठकमा स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुने आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए।

बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १६ दललाई निमन्त्रणा गरिएको छ । निर्वाचन आयोगले आगामी माघ १२ हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा समेत दलहरुसँग छलफल गर्नेछ।

अहिले मतदाता नामावली संकलनको काम भइरहेका विषयमा पनि सर्वदलीय बैठकमा आयोगले दलहरुलाई जानकारी दिने कार्यक्रम रहेको छ।