सांकेतिक तस्बिर

समाचार

१३६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

January 14, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १११ कोरोना संक्रमितको आईसीयूमा र २५ को भेन्टिलेटरमा गरी कुल १३६ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १७ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ४ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ७० जना आईसीयूमा र १४ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १३ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सुदुरपश्चिममा २ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।