समाचार

एकीकृत समाजवादी निकट विद्यार्थीले सुनील शर्मालाई दले कालोमोसो (भिडियो)

By खबरहब

January 14, 2022

काठमाडौँ– केएमसी कलेजले मेडिकल विद्यार्थीबाट चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरुले विरोध गरिरहेका बेला शुक्रबार सिंहदरबार भित्रै सो कलेजका सञ्चालक सुनील शर्मालाई कालोमोसो दलिएको छ ।

शुल्क विवादबारे शिक्षा मन्त्रालयमा छलफल गरी फर्किनेक्रममा शर्मालाई नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले कालोमोसो दलेका हुन् । सो संगठनका अध्यक्ष सुदेश पराजुलीले फेसबुक स्टाटस लेख्दै कालोमोसो दलिएको बताएका छन् ।

प्रहरीले कालोमोसो दल्ने अनेरास्ववियुका उप महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई पक्राउ गरेको छ । अध्यक्ष पराजुलीले उनीहरुलाई रिहा गर्न माग गरेका छन् ।