राजनीति

तराईका जिल्लाहरुमा सीके राउतको पार्टीको प्रदर्शन, भ्रष्टाचारीलाई लखेट्नुपर्ने राउतको उद्घोष

By खबरहब

January 14, 2022

काठमाडौँ– शुक्रबार विभिन्न माग राख्दै किसान आन्दोलन गरिरहेको सीके राउत नेतृत्वको जनमत पार्टीले तराइका जिल्ला सदरमुकामहरुमा विशाल प्रदर्शन गरेको छ । पूर्वको झापादेखि बर्दियासम्म शुक्रबार जनमत पार्टीले प्रदर्शन गरेको छ ।

जिल्ला सदरमुकारहरुमा प्रदर्शनका क्रममा राउत भने सिराहा पुगेका थिए । सिराहमा प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उनले २२ दिनसम्म किसानले आन्दोलन गर्दा पनि सरकारले माग पूरा नगरेको भन्दै आक्रोश पोखे । उनले किसानले अब भ्रष्टमन्त्री र नेताहरुलाई जनकारबाही गर्नुपर्नेसमेत उद्घोष गरे ।

उनले सिँचाइमा प्रयोग हुने विद्युतको मोटर समात्न आउने विद्युत प्राधिकरणका कर्मचारीमाथि जनकारबाही गरिने चेतावनीसमेत दिए । उनले राज्यले सिँचाइको सुविधान नदिने अनि किसाले पानी हाल्दा मोटर समात्ने भन्दै उनीहरुलाई जनकारबाही गर्नुपर्ने बताए ।

किसानका माग पूरा गर्नुपर्ने, भ्रष्टाचारीमाथि कारबाही हुनुपर्नेलगायतका माग राखी जनमत पार्टीले आन्दोलन गर्दै आएको छ । सरकारले माग पूरा नगरे अब राजमार्ग बन्दमात्र नगरिने राजमार्गमै खाना पकाएर खाने राउतले बताएका छन् ।

तस्वीरहरु: राउतको फेसबुकबाट