रोचक/विचित्र संसार

यी हुन् शरीरमा संस्कृत शब्दको ट्याटु खोप्ने विदेशी सेलिब्रेटी

By खबरहब

February 14, 2022

केटी पेरी केवल अमेरिकामा मात्र नभई विश्वभर चर्चित गायिका गीतकार र अभिनेत्रीको रूपमा प्रसिद्ध छिन् । उनै पेरीले आफ्नो हातमा ट्याटुको रूपमा संस्कृत शब्द अनुगच्छतु प्रवाह’ लेखेकी छन् । तर यो शब्दको अर्थ के हो त ?

’अनुगच्छतु प्रवाह’को गहिरो अर्थ हुन्छ । यस शब्दको अर्थ हो, समयसँगै बहिरहनु वा हिँडिरहनु । यसरी चर्चित अमेरिकी सेलिब्रेटीले संस्कृतको शब्द आफ्नो हातमा लेखि रहँदा यसले नेपालबाट हराउने अवस्थामा पुगेको संस्कृतको ओज बढेको छ ।

पेरी मात्र होइन, अंग्रजी फिल्मका कलाकार, रेडियो होस्ट, लेखक र सामाजिक कार्यकर्ता रसल ब्राण्डले समेत आफ्नो हातमा ट्याटु बनाउन संस्कृतको प्रयोग गरेका छन् । उनले आफ्नो पाखुरामा ’ॐ नमः शिवाय’ मन्त्र लेखेका छन् ।

यस अलावा अमेरिकन गायक, डान्सर र कोरियोग्राफर किम्बर्ली व्याटले पनि आफ्नो गर्धनको पछाडि संस्कृतको एक श्लोक लेखेकी छन् । उनले ’लोकाः समस्ताः सुखिनो भवन्तु’ को ट्याटू खोपेकी छन् ।

यस्तै अमेरिकन अभिनेत्री निर्माता ब्रिटनी स्नाले पनि संस्कृत शब्द अभय लेखेकी छन् । ब्रिटनी जस्तै अमेरिकन गायक, अभिनेता, म्युजिक कम्पोजर माइली साइरसले आफ्नो हातको बाँया नाडीमा ओम् लेखेकी छन् । मरुन फाइभ ब्याण्डका गायक एडमले आफ्नो छातीमा संस्कृत शब्द ’तपस’ लेखेका छन् ।