फाइल फोटो

अन्तर्राष्ट्रिय

युकेनका राष्ट्रपतिद्वारा बाइडेनलाई किभ भ्रमणको निम्तो

By खबरहब

February 14, 2022

किभ – युकेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले अमेरिकी समकक्षी जो बाइडेनलाई किभको भ्रमण गर्न आग्रह गरेका छन् ।

युक्रेन- रसिया सीमा विवादबीच अमेरिका र रसियाको तनाव बढिरहेका बेला जलेन्स्किीले बाइडेनलाई सो अनुरोध गरेका हुन् ।

राष्ट्रपति जेलेन्स्किीको निम्तोबारे बाइडेनले कुनै प्रतिकृया जनाएका छैनन् । यसअघि उनले युक्रेनबाट सम्पूर्ण अमेरिकी नागरिकलाई स्वदेश फर्किन अनुरोध गरेका थिए ।

यसैबीच, जर्मन चान्सलर अलाफ सोल्जले युद्धको जोखिम पुटिनमा निर्भर रहेको बताएका छन् । युक्रेनको तनाव युरोपको शान्तिमा एउटा गम्भीर खतरा भएको उनको भनाई छ ।

राष्ट्रपति जेलेन्स्किीलाई भेट्न जर्मन चान्सलर सोल्जले किभको भ्रमण गर्दैछन् । जेलेन्स्किीलाई भेटेपछि सोल्ज पुटिनलाई भेट्न मस्को जाने कार्यक्रम छ ।