फाइल तस्बिर

राजनीति

निर्वाचन आयोगले हप्तामा दुई दिन मात्र पत्रकार सम्मेलन गर्ने

By खबरहब

February 14, 2022

काठमाडौँ- निर्वाचन आयोगले अब हरेक हप्ता दुई दिन पत्रकार सम्मेलन गर्ने जनाएको छ । आयोगले प्रत्यक सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्ने जनाएको हो ।

फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएकोमा आयोगले हाललाई उक्त निर्णय स्थगित गरिएको जनाएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै अब प्रत्यक सोमबार र मंगलबार अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो ।

सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गतिविधि जानकारी गराउने उदेश्यले हप्तामा दुई दिन पत्रकार सम्मेलन गर्ने बताएको हो । पत्रकार सम्मेलन आयोगका प्रवत्ता तथा सहायक प्रवताले गर्नेछन् ।