खेलकुद

एम्बाप्पे र नेयमारको गोलमा पीएसजीको शानदार जित

By खबरहब

March 14, 2022

काठमाडौं – गएराति भएको फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ओर्डेअक्समाथि शानदार जित निकालेको छ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीले ओर्डेअक्समाथि ३-० को जित दर्ता गरेको हो। खेलको २४ औं मिनेटमा गोल गर्दै केलियन एमबाप्पेले पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफ १-० मा सकिएको थियो। दोस्रो हाफको ५२ औं मिनेटमा नेयमारले गोल गरे। त्यसैगरी खेलको ६१ औं मिनेटमा लिनड्रो पारेड्सले गोल गर्दै पीएसजीलाई ३-० को स्पष्ट जित दिलाएका हुन्।

जितसँगै शीर्ष स्थानको पीएसजीले २८ खेलमा ६५ अंक जोडेको छ। तालिकाको पुछारमा रहेको बोर्डेअक्सको २२ अंक छ।