फाइल फोटो

राजनीति

स्थानीय निर्वाचन अभियानमा सहभागी हुन प्रधानमन्त्री देउवा नुवाकोटमा

By खबरहब

March 14, 2022

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोटमा स्थानीय तहस्तरका कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।

बिहान ११ बजे नुवाकोट पुगेका देउवाले त्यहाँ दुई वटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । 

देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने परियारले बताए । साथै, अन्य स्थानीय तहका पार्टी कार्यकर्तासँग पनि छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

देउवाको साथमा कांग्रेस नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्व जिल्ला सभापति जगदीशनरसिंह केसीलगायत छन् । सबै कार्यक्रम सकेर देउवा दिउँसो  ३ बजेपछि काठमाडौं फर्कने नेता केसीले जानकारी दिए ।