काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका नेता भीम रावलले मन्त्री हुँदा एमसीसी ल्याएको र अहिले बिरोधमा अभिव्यक्ति दिइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
नुवाकोटको किस्पाङ गाउँपालिकाको भवनको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री देउवाले रावलले आफू रक्षामन्त्री हुँदा एमसीसी ल्याएको र अहिले आएर टाउको दुखाएको बताएका हुन् । प्रधानमन्त्री देउवाले भने– आफैं रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसीसी पास गर्न संसदमा ल्याउने, अहिले किन टाउको दुख्यो ? उसबेला दिमाग खुस्क्याथ्यो ? त्यो बेला किन बिरोध नगरेको ? राजीनामा गर्नुपर्दैन, लाज छैन ?’
उनले थपे, ‘आफैं पास गर्ने, मन्त्री हुने, राजीनामा किन गर्नुभएन? के हेरेर बसेका थिए? उनले राजिनामा गर्नुपर्थ्यो।’