फाइल तस्वीर– सिन्ह्वा

अन्तर्राष्ट्रिय

रुसले चीनसँग सहयोग मागेको अमेरिकी दाबी

By खबरहब

March 14, 2022

काठमाडौं– युक्रेनमाथि सैन्य हमला गरिरहेको रुसले चीनसँग सैन्य सामग्रीको सहायता मागेको अमेरिकी सञ्चार माध्यमहरूले दाबी गरेका छन्।

अमेरिका पत्रिका वाशिङ्टन पोस्ट र फाइनान्सियल टाइम्सले रुसले युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले चीनसँग सहायता मागिरहेको छ। चीनले युक्रेनमाथि रुसी हमलामा आफूलाई तटस्थ राख्न खोजेपनि युक्रेन अतिक्रमणलाई लिएर रुसको भर्त्सना गरेको छैन।

रुसलाई पश्चिमा राष्ट्रहरूले कठोर प्रतिबन्ध लगाइरहेका बेला चीनले सहयोग गरे उस्ले पनि प्रतिबन्ध सामना गर्नुपर्ने अमेरिकी अधिकारीले चेतावनी दिएको सीएनएनले जनाएको छ।