फाइल फोटो

अन्तर्राष्ट्रिय

रुस र युक्रेनबीच चौथो चरणको वार्ता हुँदै

By खबरहब

March 14, 2022

काठमाडौं– रुस र युक्रेनबीच चौथो चरणको वार्ता हुने भएको छ। बीबीसीका अनुसार स्थानीय समयअनुसार बिहान साढे दश बजे वार्ता हुन लागेको हो।

रुसले रचनात्मक रूपमा कुरा गर्न थालेकाले ताजा वार्तामा कूटनैतिक प्रगति हुने आशा रहेको बीबीसीले युक्रेनी अधिकारीलाई उदृत गर्दै उल्लेख गरेको छ।

यसैबीच सोमबार अमेरिका र चीनबीच पनि वार्ता हुने भएको छ। चीनले रुसलाई सहायता गर्ने सम्भावनाबारे समाचारहरू आइरहेका बेला वार्ता हुन लागेको हो।