तस्वीर– युक्रेनी राष्ट्रपतिको कार्यालय ।

अन्तर्राष्ट्रिय

युक्रेनको आकाशलाई उडान निषेधित क्षेत्र बनाउन नेटोलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आग्रह

By खबरहब

March 14, 2022

काठमाडौँ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोलाई आफ्नो देशको आकासमाथि उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आग्रह गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले रुसले केही समयमा नेटो आबद्ध पश्चिमा सैन्य गठबन्धनका सदस्य देशलाई पनि निसानामा पार्ने बताउँदै उनले उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आग्रह गरेका हुन्।

युक्रेनको पोल्यान्डसँगको सिमाना नजिकै रुसी क्षेप्यास्त्र आक्रमणमा ३५ जनाको ज्यान गएपछि जेलेन्स्कीले पुन नेटोलाई उडान निषेधित क्षेत्र बनाएर रुसी विमानहरूलाई उडान रोक्न आग्रह गरेका हुन्।