फाइल फोटो

राजनीति

नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले महाअभियोग- काँग्रेस नेता सिंह

By खबरहब

March 14, 2022

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनु परेको बताएका छन् ।

सोमबार काठमाडौंको मीनभवनमा आयोजित काँग्रेस एक महिने  घरघर जाउँ कांग्रेस जिताऔँ अभियान कार्यक्रममा बोल्दै  नेता सिंहले न्यायलयको नेतृत्वको गरेको व्यक्ति असफल भएपछि न्यायलय सुधारका लागि महाभियोग लगाउनुपरेको बताए ।  

त्यस्तै उनले एमसीसी मुलुकको हित विपरित नरहेको धारणा  राखेका थिए  ।

काँग्रेस कार्यकर्ताले जनताको घरघरमा पुगेर एमसीसी, महाअभियोगका विषयमा फैलाएका अनावश्यक भ्रम बारे बुझाउनुपर्ने उनले धारणा राखेका थिए ।  

नेता सिहले कांग्रेस मुलुक र जनताको हित सोच्ने पार्टी भएकाले अनावश्यक भ्रमको पछि नलाग्न समेत आग्रह गरेका थिए ।