समाचार

थप ५८ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

By खबरहब

March 14, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ३ हजार ५३९ पीसीआर तथा १ हजार ८७९ एन्टिजेन परीक्षण गर्दा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने १४८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित रहेका छन्।