तस्वीर- वि लाइक एलए

अन्तर्राष्ट्रिय

क्यालिफोर्नियामा चङ्गा महोत्सव मनाइयो

By खबरहब

March 14, 2022

काठमाडौं- अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलस शहरमा वार्षिक चङ्गा महोत्सव आयोजना गरिएको छ । लस एन्जेलस शहरको रेडोन्डो बिच पियरमा हजारौं मानिसहरू चङ्गाको ४८ औं वार्षिक उत्सवको लागि भेला भएका थिए ।

सो अवसरमा चरा, चील, राजकुमारी र अन्तरिक्ष रोबोटहरूसहित विभिन्न आकारका सयौँ चङ्गाहरू आकाशमा उडाइएको समाचारमा जनाइएको छ  ।

महोत्सवमा आयोजकले उत्कृष्ट हातले बनाएको चङ्गा, सबैभन्दा बढी उड्ने चङ्गा र कान्छो व्यक्तिले उडाएको चङ्गालाई पुरस्कार प्रदान गरिएको थियो ।

अमेरिकामा सबैभन्दा लामो समयसम्म चल्ने काइट फेस्टिभल मध्येको एक वार्षिक उत्सवमा प्रत्यक्ष सङ्गीत, स्थानीय नृत्य र मार्शल आर्ट डेमोहरू पनि रहेका थिए ।

(राससबाट)