अन्तर्राष्ट्रिय

तेस्रो विश्वयुद्ध टार्न युक्रेनलाई मद्दत गर्न विदेशमन्त्रीको माग

By खबरहब

March 14, 2022

काठमाडौं– युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले तेस्रो विश्वयुद्ध टार्न युक्रेनलाई आवश्यक सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेको छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत विदेशमन्त्री कुलेबाले युक्रेन सफलताका साथ लडिरहेको र आवश्यक सबै अस्त्रहरू उपलब्ध गराउन विश्व समुदायलाई आग्रह गरेका हुन्।

उनले रुसमाथि थप प्रतिबन्धहरू लगाउन र विश्व समुदायबाट पूर्ण रूपमा एक्ल्याउन समेत आग्रह गरेका छन्। विदेशमन्त्री कुलेबाले पुटिनलाई विफल बनाउन युक्रेन फौजलाई सहयोग गर्न आग्रह गर्दै त्यसले मात्र एउटा ठूलो युद्धलाई टार्न सक्ने बताएका छन्।