समाचार

भोलिदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

By खबरहब

March 14, 2022

काठमाडौं– भोलिदेखि सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द हुने भएको छ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै भोलिदेखि सवारी साधन अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द गरेको जानकारी गराएको हो।

विभागका प्रवक्ता लोकनाथ भुसालले अहिलेसम्म परेका अनलाइन आवेदनलाई टुंग्याउनुपर्ने भएकाले नयाँ आवेदन तत्कालका लागि बन्द गरिएको जानकारी गराएका छन्।