तस्वीर- ब्लूमबर्ग/बिजनेस विक

अन्तर्राष्ट्रिय

तालिबानप्रतिको उदारताले खतरा निम्त्याउँछ : पूर्व अफगान मन्त्री

By खबरहब

March 14, 2022

काठमाडौं– अफगानिस्तानकी पूर्वमन्त्रीले तालिबान प्रतिको उदारताले खतरा निम्त्याउने चेतावनी दिएकी छिन् । युरोपियन फाउण्डेशन फर साउथ एसियन स्टडिजसँगको अन्तरवार्ताका क्रममा अफगानिस्तानकी पूर्व पेट्रोलियम तथा खानी मन्त्री नरगिस नेहनले यस्तो बताएकी हुन् ।

तालिबानप्रति उदार व्यवहार गर्नाले विश्वका अन्य क्षेत्रमा पनि अतिवादी समूहलाई फाइदा पुग्ने उनको भनाइ छ । अहिले सत्तामा आएको नयाँ तालिबान पुरानो तालिबानभन्दा खतरनाक रहेको बताउँदै उनले यसले समकालीन अफगानिस्तानका मिडिया, राजनीतिक अभियानकर्मी र सुरक्षा फौजका पूर्व सदस्यहरुको भविष्य खतरामा पारेको बताइन् ।

हाल राजनीतिक शरणार्थीको रुपमा नर्वेमा बसोबास गर्दै आएकी उनले तालिबानको शासनमा अफगानिस्तानमा महिलाको अवस्था पनि भयावह हुने चेतावनी दिइन् । सन् २०१७ मा मन्त्री नियुक्त गरिएकी उनले सन् २०१९ मा राजीनामा दिएकी थिइन् ।