आर्थिक

तीन महिनाको स्टक उपलब्ध गराउन फलामे छड बिक्रेतालाई विभागको निर्देशन

By खबरहब

March 14, 2022

काठमाडौं- फलामे छडको मूल्य अत्याधिक वृद्धि भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले तीन महिनाको स्टक उपलब्ध गराउन बिक्रेताहरूलाई निर्देशन दिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले सोमबार काठमाडौंका फलामे छड बिक्री गर्ने ठूला पसलहरूको संयुक्त रुपमा अनुगमन गर्दै पौष, माघ र फाल्गुन महिनाको स्टक मूल्यसहित तीन दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।

एक महिनामा नै छडको भाउमा अत्याधिक वृद्धि भएपछि बजार अनुगमन गरिएको विभागका निरीक्षण अधिकृत विजय भट्टराईले जानकारी दिएका छन्  ।

त्यस्तै अनुगमनका क्रममा फलामे छडको मूल्य सूची अपग्रेड नगरेको भन्दै एक पसललाई ५० हजार जरिवाना गरिएको उनले बताए  ।

उनले विभागले छिटै तेल लगायत अन्य खाद्य बस्तुको मूल्यवृद्धिका विषयमा बजार अनुगमन गरिने बताए  ।