सांकेतिक तस्बिर

अपराध

ब्राउन सुगरसहित एक जना पक्राउ

By खबरहब

March 14, 2022

उदयपुर- जिल्ला प्रहरी कार्यालय उदयपुरले १३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका वडा नम्बर १ आम्बासीस्थित रामपुर–फत्तेपुर सडक खण्डमा चेकजाँचको क्रममा भुषण राई समातिएका हुन् ।

इलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाको गस्ती टोलीले शंकास्पद देखिएपछि चेकजाँच गरिएको थियो । सो क्रममा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ का ३१ वर्षीय भुषण पक्राउ परेका हुन्।

गोप्य सूचनाका आधारमा सो क्षेत्रमा प्रहरी पुगेको थियो । राईले कालो रंगको प्लाष्टिक भित्र पोकोपारी लुकाएर ल्याउँदै गरेको १३ ग्राम ब्राउन सुगर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

उनलाई जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रनाउ गौतमको भनाइ छ ।